स्पेन र पोर्चुगलको खेलअघि थाहा पाउनैपर्ने यी कुरा

काठमाडौं, असोज २१
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा युरोपका दुई पावरहाउस टोलीहरू पोर्चुगल र स्पेनबीच आज राति रोमाञ्चक खेल हुँदैछ । सन् २०१८ मा रसियामा भएको विश्वकपको समूह चरणमा भिडेदेखि यी दुई टोली पहिलोपटक आज राति भिड्दैछन् । यो खेलमाथि धेरैको नजर छ ।

करिब दुई वर्षपछि पोर्चुगले स्पेनविरुद्ध भिड्न आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ । यो खेल पोर्चुगलको लिस्वन सहरस्थित जोसे अल्भालाडे रंगशालामा नेपाली समयअनुसार राति १२ः३० बजेबाट सुरु हुनेछ ।

स्पेन र पोर्चुगल आपसमा खास प्रतिस्पधी मानिन्छन् । यी दुई टोली पहिलोपटक सन् १९२१ को डिसेम्बर १८ तारिखमा मैत्रीपूर्ण खेलमा भिडेका थिए । सो खेलमा स्पेन ३–१ ले विजयी भएको थियो । यी दुई टोली अन्तिमपटक रसियामा सन् २०१८ को जुन १५ मा फिफा विश्वकपमा भिडेका थिए, जुन खेल ३–३ को बराबरीमा सकिएको थियो ।

पोर्चुगल र स्पेनले हालसम्म कूल ३६ पटक एकअर्काविरुद्ध खेलेका छन् । पछिल्ला ७ खेलको तथ्यांक हेर्दा स्पेनभन्दा पोर्चुगल बलियो देखिएको छ । यी ७ खेलमध्ये पोर्चुगलले ३ खेलमा स्पेनलाई हराएको छ भने स्पेनले २ खेल जितेको छ । दुई खेल भने बराबरीमा सकिएका छन् ।

हेरौं ‘हेड टु हेड’मा

सन् २००२ – स्पेन १ – १ पोर्चुगल – मैत्रीपूर्ण

सन् २००३ – पोर्चुगल ० – १ स्पेन – मैत्रीपूर्ण

सन् २००४ – पोर्चुगल १ – ० स्पेन – युरो कप

सन् २०१० – स्पेन ० – १ पोर्चुगल – फिफा विश्वकप

सन् २०१० – पोर्चुगल ४ – ० स्पेन – मैत्रीपूर्ण

सन् २०१२ – पोर्चुगल ० – ० – युरो कप

सन् २०१८ – पोर्चुगल ३– ३ स्पेन – फिफा विश्वकप

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार १५:२८
Loading...