यी हुन् हल्यान्डको नजरमा विश्वका टप–१० फरवार्डहरू

काठमाडौं, असोज २१
जर्मन क्लब बोरुसिया डर्टमुन्ड तथा नर्वेका युवा स्टार अर्लिङ हल्यान्डले आफ्ना बेस्ट–१० फरवार्ड छानेका छन् । यो समयका चर्चित युवा गोल मेसिन हल्यान्डले आफ्ना आइडल खेलाडी क्रिस्टियानो रोनाल्डोसहित १० खेलाडीलाई बेस्ट–१० फरवार्डको सूचीमा राखेका छन् ।

तर, उनले स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका लिओनल मेस्सी र फ्रान्सका केलियन एमबाप्पेलाई टप–१० मा पनि अटाएका छैनन् । हल्यान्डको सूचीमा इंग्लिस क्लब लिभरपुलका रोवर्टो फर्मिन्हो, आर्सनलका पियरे इमरिक अउबामेयाङ, टोटनह्यामका ह्यारी केनदेखि म्यानचेस्टर सिटीका सर्जियो अगुइरो पनि परेका छन् ।

एक अन्तर्वार्तामा कुरा गर्दै हल्यान्डले आफ्ना बेस्ट–१० फरवार्डको सूचीमा पहिलो स्थानमा पोर्चुगलका ३५ वर्षीय रोनाल्डोलाई राखेका छन् । दोस्रो नम्बरमा जर्मन क्लब बार्यन म्युनिखका पोलिस फरवार्ड रोवर्ट लेवान्डोस्कीलाई राखेका छन् भने १०औं स्थानमा जर्मन क्लब बार्यन म्युनिखका फरवार्ड टिमो वार्नरलाई राखेका छन् ।

यी हुन् हल्यान्डको नजरमा टप–१० फरवार्डहरू :

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार ०६:४७
Loading...