आर्सनलमाथि लिभरपुलको सहज जित : सालाहको २ गोल

काठमाडौं, भदौ ७
फरवार्ड मोहमद सालाहले २ गोल गरेपछि लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको लिगको तेस्रो खेलमा उसले पाहुना टोली आर्सनललाई ३–१ ले स्तब्ध बनायो ।

आफ्नो घर एनफिल्डमा भएको खेलमा लिभरपुललाई जिताउन सालाहले २ गोल गरे भने जोएल माटिपले १ गोल गरे । लिभरपुलका लागि खेलको ४१औं मिनेटमा माटिपले सुरुआती गोल गर्दा सालाहले ४९औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरे । त्यसपछि ५८औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल ३–० ले अघि रह्यो ।

आर्सनलका लागि खेलको ८५औं मिनेटमा लुका टोरेरियाले १ गोल गरे पनि त्यसले टिमको हार टार्न भने सकेन । यो जितसँगै लिभरपुलले ३ खेलमा शतप्रतिशत जित निकालेर ९ अंकसहित लिगको शीर्ष स्थानमा छ । ६ अंक भएको आर्सनल दोस्रोमा छ ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार १८:३६
Loading...