एक वर्षपछि मेस्सी अर्जेन्टिनी टोलीमा : प्रशिक्षण थाले

काठमाडौं, असोज २१
अर्जेन्टिनाका प्रमुख खेलाडी तथा कप्तान लिओनल मेस्सीले राष्ट्रिय टोलीमा प्रशिक्षण थालेका छन् । उनले मंगलबारबाटै समूहमा प्रशिक्षण थालेका हुन् । मेस्सी बार्सिलोनामा पछिल्लोपटक सेभिल्लासँगको खेलपछि त्यसको भोलिपल्टै निजी विमानबाट अर्जेन्टिना उडेका थिए । पूर्वसहकर्मी उरुग्वेका लुइस स्वारेज पनि मेस्सीकै विमानबाट गएका थिए ।

मेस्सी लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका हुन् । गत वर्ष नै हुने अन्तर्राष्ट्रिय फुटबल कोरोना भाइरसका कारण स्थगित हुँदा खेलाडीहरूले लामो समयसम्म राष्ट्रिय टोलीमा काम गर्न पाएका थिएनन् । मेस्सीको टिम अर्जेन्टिनाले अन्तिम खेल २०१९ को नोभेम्बर १९ तारिखमा उरुग्वेसँग मैत्रीपूर्ण खेल खेलको थियो । सो खेल २–२ को बराबरीमा सकिएको थियो ।

त्यसपछि अर्जेन्टिनाले पहिलोपटक यस चरणमा सन् २०२२ मा कतामा हुने हुने फिफा विश्कपका लागि छनौट खेल खेल्दै छ । यी दुवै खेलमा मेस्सीले आफ्नो टिमको कप्तानी गर्नेछन् । अर्जेन्टिनाले समूह चरणको पहिलो खेल २ दिनपछि इक्वेडरसँग र त्यसको ५ दिनपछि बोलिभियासँग खेल्ने तालिका छ ।

मेस्सीले हालसम्म अर्जेन्टिनाका लागि कूल ७० गोल गरेका छन् । उनी समकालीन फुटबलमा सक्रिय खेलाडीमध्ये तेस्रो सर्वाधिक गोलकर्ता हुन् । पहिलो स्थानमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो १०१ गोलसहित रहँदा दोस्रो स्थानमा भारतका सुनील क्षेत्री ७२ गोलसहित रहेका छन् ।

यस चरणका दुई खेलबाट मेस्सीले अर्जेन्टिनालाई विश्वकपको बाटोमा डोहोराउँदै व्यक्तिगत गोल संख्या पनि बढाउन प्रयास गर्नेछन् । मेस्सीले अन्तिमपटक गत वर्ष उरुग्वेविरुद्ध खेल्दा पेनाल्टीमार्फत् १ गोल गरेका थिए ।

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार ०२:२२
Loading...