रोनाल्डोले पोर्चुगिज टोलीमा प्रशिक्षण थाले

काठमाडौं, असोज २१
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीमा प्रशिक्षण थालेका छन् । उनले हिजोबाटै सहकर्मीहरूसँगै प्रशिक्षण थालेका हुन् । रोनाल्डो २ दिनअघि मात्रै युभेन्टसबाट देशतर्फ प्रस्थान गरेका थिए ।

यस साता पोर्चुगलले एक मैत्रीपूर्णसहित तीन खेल्दै छ । तीनवटै खेलका लागि रोनाल्डोले राष्ट्रिय टिमको कप्तानी गर्नेछन् । पोर्चुगलले नेपाली समयअनुासर बिहीबार बिहान पहिलो खेल आफ्नो घरमा स्पेनसँग मैत्रीपूर्ण खेल्न खेल्नेछ । त्यसपछि युइएफए नेसन्स लिगमा २ खेल खेल्नेछ ।

रोनाल्डोले राष्ट्रिय टिमका लागि हालसम्म १०१ गोल गरिसकेका छन् । ३५ वर्षका रोनाल्डो अब आगामी खेलहरूबाट सकेसम्म धेरै गोल संख्या बढाउने दाउमा छन् । रोनाल्डो निकट भविष्यमै इरानका अली डेईका नाममा रहेको १०९ गोलको कीर्तिमानी अन्तर्राष्ट्रिय गोलको रेकर्ड भंग गर्ने नजिक छन् ।

प्रकाशित मिति २१ आश्विन २०७७, बुधबार ०१:५१
Loading...