युभेन्टसद्वारा च्याम्पियन्स लिग खेल्ने टोली घोषणा : को–को परे ?

काठमाडौं, असोज २०
इटालियन क्लब युभेन्टसले नयाँ सिजन २०२०–२१ अन्तर्गत युरोपियन च्याम्पियन्स लिगका लागि यस सिजनको समूह चरणका खेल खेल्ने आफ्नो अफिसियल टोली घोषणा गरेको छ । प्रतियोगिताका हरेक चरणका लागि क्लबहरूले पहिल्यै आफ्ना खेलाडीको सूची युइएफएमा बुझाउनुपर्ने नियमअनुसार युभेन्टसले आफ्नो टोली घोषणा गरेको हो ।

युभेन्टस यसपटक च्याम्पियन्स लिगको समूह चरणमा समूह ‘जी’मा परेको छ । सो समूहमा युभेन्टससँगै स्पेनिस बार्सिलोना पनि रहेको छ । युभेन्टसले पहिलो खेल अक्टोबर १० तारिखमा डाइनाभो किभसँग खेल्ने तालिका रहेको छ । सो खेल किभको घरेलु मैदानमा हुनेछ ।

नयाँ प्रशिक्षक आन्ड्रेया पिर्लोले जारी गरेको टोलीमा सबैजसो प्रमुख खेलाडी समेटिएका छन् । टोलीमा यसै समर विन्डोमा अनुबन्ध भएका अर्थुर मेलो, अल्भारो मोराटा, वेस्टन म्याकेनी, डेजन सुलुसेभ्स्की, फेडरिको किइजा सबै नयाँ खेलाडी समेटिएका छन् ।

त्यसैगरी, प्रमखु खेलाडीहरू क्रिस्टियानो रोनाल्डो, पाउलो डिबाला, कप्तान जर्जिहो किलिनी, उपकप्तान लियान्द्रो बोनुची, माथिस डि लिग्ट, मेरिह डेमिरालसहितका खेलाडी परेका छन् ।

यस्तो छ युभेन्टसको पूरा टोली:

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार १५:४१
Loading...