पोर्चुगलका आगामी तीन खेलबारे सम्पूर्ण जानकारी

काठमाडौं, असोज २०
युरोपियन टप–५ लिगमा क्लब फुटबल विश्राम भएर अन्तर्राष्ट्रिय ब्रेक सुरु भएको छ । करिब डेढ साता अन्तर्राष्ट्रिय फुटबल खेलहरू हुँदा विश्व फुटबलका चर्चित र ठूला नामका खेलाडीका टोलीले पनि खेल्नेछन् । यसबीचमा दक्षिण अमेरिकी क्षेत्रका देशले सन् २०२२ मा हुने फिफा विश्वकप फुटबलका लागि छनौट खेल खेल्नेछन् भने युरोपियन देशहरूले एक–एक मैत्रीपूर्ण खेल र युइएफए नेसन्स लिगका दुई गरी जम्मा तीन–तीन खेल खेल्नेछन् ।

यहाँ सन् २०१६ को युरो कप च्याम्पियन तथा २०१९ को युइएफए नेसन्स लिग च्याम्पियन पोर्चुगलले खेल्ने आगामी तीन खेलबारे जानकारी दिइएको छ । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले नियमित कप्तान क्रिस्टियानो रोनाल्डोको कप्तानीमा यी खेलका लागि टोली घोषण गरेका छन् । पोर्चुगलले यस चरणमा एक मैत्रीपूर्णसहित तीन खेल खेल्नेछ । पोर्चुगलले यस चरणमा खेल्ने तीनवटै खेल हेभिवेट टोलीहरूसँग छन् ।

होम – पोर्चुगल भर्सेस स्पेन – मैत्रीपूर्ण
समय – अक्टाबेर ८, बिहीबार बिहान १२ः३० बजे

अवे – फ्रान्स भर्सेस पोर्चुगल – नेसन्स लिग
समय – अक्टोबर १२, सोमबार बिहान १२ः३० बजे

होम – पोर्चुगल भर्सेस स्वीडेन – नेसन्स लिग
समय – अक्टोबर १५, बिहीबार बिहान १२ः३० बजे

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०८:०५
Loading...