ट्रान्सफर विन्डोको अन्तिम दिन बार्सिलोनाले बेच्यो दुई खेलाडी

काठमाडौं, साउन २०
स्पेनिस फुटबल क्लब बार्सिलोनाले ट्रान्सफर विन्डोको अन्तिम दिन आफ्ना २ जना खेलाडी बेचेको छ । जसमा ब्राजिलियन मिडफिल्डर राफिन्हालाई स्थायी रूपमा बेच्दा र फ्रेन्च डिफेन्डर जिन क्लाएर टोडिबोलाई लोनमा बेचेको छ । राफिन्हा स्थायी रूपमा फ्रेन्च क्लब पिएसजी गएका छन् ।

यता, २० वर्षीय प्रेन्च डिफेन्डर टोडिबोलाई बार्सिलोनाले आगामी दुई सिजनसम्मका लागि लोन सम्झौतामा पोर्चुगिज क्लब बेनफिकामा पठाएको छ । बार्सिलोनाका अनुसार सो अवधिभर टोडिबोको सम्पूर्ण तलब तथा बोनस रकम बेनफिका आफैंले तिर्नेछ । र, बार्सिलोनाले एक सिजनको २ मिलियन युरो प्राप्त गर्नेछ । यदि बेनफिकाले टोडिबोलाई स्थायी रूपमा अनुबन्ध गर्न चाहे दुई सिजनछि २० मिलियन युरोमा भित्र्याउन पाउने विकल्प खुला छ ।

यता, बार्सिलोनाले २७ वर्षीय राफिन्हालाई भने फ्रि ट्रान्सफरमा बिदा गरेको हो । बार्सिलोनाले राफिन्हाको बहिर्गमनबाट बोनसबापत मात्रै ३ मिलियन युरो प्राप्त गर्नेछ, त्यो पनि खेलाडीको व्यक्तिगत प्रदर्शन र पिएसजीले जितेका उपाधिका आधारमा । केही समयअघि सेल्टाले नै राफिन्हाका लागि १६ मिलियन युरोको प्रस्ताव गरे गरे पनि त्यसबेला बार्सिलोनाले सो प्रस्ताव अस्वीकार गरेको थियो । तर, अहिले आएर उसले राफिन्हालाई फ्री ट्रान्सफरमा बिदा गरेको हो ।

राफिन्हा आफू १३ वर्षको छँदा बार्सिलोनामा अनुबन्ध भएका थिए । उनले क्याम्प नोउ टोलीमा ८ वर्ष बिताए । जसमा उनले सिजन २०२१३–१४ मा लोनमा सेल्टा भिगो, सिजन २०१७–१८ मा इन्टर मिलान, सिजन २०१९–२० मा सेल्टा भिगोमा बिताए ।

बार्सिलोनामा उनले कूल ९२ खेल खेल्दै १२ गोल गरेका छन् । उनी पछिल्लो समय लामो समय चोटबाट गुज्रिँदै आएका थिए । उनको फिटनेसमा स्थायीत्व नभएपछि क्लबले उनलाई फ्री ट्रान्सफरमा छाडेको हो । बार्सिलोनाबाट राफिन्हाले तीन ला लिगा र एक च्याम्पियन्स लिगसहित कूल १० उपाधि जितेका छन् ।

प्रकाशित मिति २० आश्विन २०७७, मंगलवार ०१:५६
Loading...