डग्लस कोस्टा युभेन्टस छाडेर बार्यन म्युनिखमा अनुबन्ध

काठमाडौं, असोज १९
इटालियन क्लब युभेन्टसका ब्राजिलियन विंगर डग्लस कोस्टा पूर्वक्लब जर्मन बार्यन म्युनिखमा अनुबन्ध भएका छन् । ३० वर्षीय उनी एक सिजनका लागि लोनमा बार्यन गएको आज युभेन्टसले अफिसियल रूपमा घोषणा गरेको छ । यता, बार्यनले पनि आफ्ना पूर्वखेलाडी कोस्टालाई अनुबन्ध गरेको पुष्टि गरेको छ ।

कोस्टा बार्यनकै पूर्वखेलाडी हुन् । उनले यसअघि सन् २०१५ देखि २०१७ सम्म बार्यनबाट खेलेका थिए । त्यसपछि उनी सिजन २०१७–१८ मा लोनमा युभेन्टस आएर स्थानीय खेलाडी बनेका थिए । विगतमा उनले बार्यनका लागि ७७ खेल खेल्दै १४ गोल गरेका थिए ।

यता, युभेन्टसका लागि कोस्टाले चार सिजन बिताउनेक्रममा कूल १०३ खेल खेल्दै १० गोल गरेका छन् । युभेन्टसबाट उनले तीन सिरी ए लिगसहित एक कोपा इटालिया र एक सुपर कप उपाधि जितेका छन् । उनी सन् २०१७ मा बार्यनबाट युभेन्टस पुगेका थिए ।

प्रकाशित मिति १९ आश्विन २०७७, सोमबार १६:१६
Loading...