एस्टोन भिल्लाद्वारा लिभरपुलको ‘नमिठो धुलाइ’ : बोकायो ७ गोलको भारी !

काठमाडौं, असोज १८
इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक च्याम्पियन लिभरपुल बेइज्जतीपूर्ण हारको सिकार भएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको लिगको चौथो खेलमा लिभरपुललाई एस्टोन भिल्लाले ७–२ को बेइज्जतीपूर्ण हार चखायो । आफ्नो घरेलु मैदानमा एस्टोन भिल्लाले पहिलो रोजाइका खेलाडी लिएर उत्रिएको लिभरपुलको पोस्टमा नाटकीय रूपमा गोलको वर्षा नै गरिदियो ।

लिभरपुलको रामधुलाइ गर्नेक्रममा युवा खेलाडी ओले वाटकिन्सले ह्याट्रिक गोल गरे भने ज्याक ग्रेलिसले २ गोल गरे । त्यसैगरी, जोन म्यागिन र रोज बार्केल्लीले १–१ गोल गरे । पराजित लिभरपुलका लागि मोहमद सालाहले २ गोल गरे । यो खेलमा ७ गोल खाएसँगै लिभरपुल प्रिमियर लिगको इतिहासमै एकै खेलमा ७ गोल खाने पहिलो डिफेन्डिङ च्याम्पियन टिम बनेको छ ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार २०:२९
Loading...