लेभान्टेमाथि रियल मड्रिडको सहज जित : उक्लियो शीर्ष स्थानमा

काठमाडौं, असोज १७
साबिक च्याम्पियन रियल मड्रिडले ला लिगा फुटबलमा तेस्रो जित निकालेको छ । आज भएको खेलमा रियलले लेभान्टेमाथि उसकै घरेलु मैदानमा ०–२ को सहज जित निकाल्यो । यो जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा पनि चढेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा रियल मड्रिडलाई अवे मैदानमा जिताउनेक्रममा ब्राजिलियन युवा स्टार भिनिसियस जुनियरले खेलको १६औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसपछि रियललाई दोस्रो जितका लागि ९० मिनेटपछि इन्जुरी समयसम्म पखिर्नुपरेको थियो, जहाँ करिम बेन्जेमाले गोल गर्दै रियलको ०–२ को जित पक्का गरे ।

यस खेलमा रियलका कप्तान सर्जियो रामोसले गरेको हेडिङ गोललाई भिएरआरमार्फत् रद्द गरिएको थियो । लेभान्टेविरुद्ध क्लिन सिटसहितको जित दिालाउन गोलककिपर थिबाउट कोर्टुवाले उच्च प्रदर्शन गरे । उनले लेभान्टेका तीन खतरनाक प्रहार रोकेर रियललाई खेलमा जीवितै राखेका थिए ।

अब यो जितपछि रियलले ४ खेलबाट १० अंक बनाउर अंक तालिकाको शीर्ष स्थानमा चढेको छ । पराजित लेभान्टे ३ अंकसहित १८औं स्थानमा छ । दोस्रो स्थानमा ५ खेलबाट ९ अंक जोडेको रियल बेटिस रहेको छ ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार १५:३९
Loading...