तनावपूर्ण खेलमा लाजियो र इन्टर मिलानको बराबरी : एकै खेलमा दुई रातो कार्ड

काठमाडौं, असोज १७
इटालियन सिरी ए लिगका दुई बलिया टोली लाजियो र इन्टर मिलानले लिगको तेस्रो खेलमा तनावपूर्ण बराबरी खेलेका छन् । आइतबार राति लाजियोको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली मिलानले घरेलु टोली मिलानलाई १–१ को बराबरीमा रोकेको हो ।

तनावपूर्ण खेलमा दुवै टोली १०–१० खेलाडीमा झरेका थिए । खेलको ६९औं मिनेटमा लाजियोका फरवार्ड सिरो इम्मोबाइलले मिलानका अर्टुरो भिडाललाई हिर्काएपछि उनलाई रेफ्रीले सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

त्यसपछि खेलको ८६औं मिनेटमा मिलानका स्टेफानो सेन्सीले पनि रातो कार्ड पाए । लाजियोका खेलाडीलाई हिर्काएपछि रेफ्रीले सेन्सीलाई पनि सोझै रातो कार्ड दिएर मैदानबाट निकालेका थिए ।

लाजियाको घरेलु मैदानमा मिलानका लागि खेलको ३०औं मिनेटमा लौटारो मार्टिनेजले गोल गरेर अग्रता दिलाएका थिए । तर, खेलको ५५औं मिनेटमा घरेलु टोली लाजियोका लागि सेर्गेज मिलिनकोभिच सेभिचले हेडिङमार्फत् गोल गर्दै खेल १–१ मा ल्याए ।

तर, त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल १–१ मा टुंगियो । यो बराबरीपछि इन्टर मिलानले ३ खेल सकिँदा ७ अंक बनाएको छ । लाजियोले समान ३ खेलबाट ४ अंक मात्रै बनाएको छ ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार १४:१४
Loading...