मेस्सीबाट ‘पीडित’ सेभिल्ला : यस्तो छ सेभिल्लाविरुद्ध मेस्सीको तथ्यांक

काठमाडौं, असोज १७
स्पेनिस ला लिगाा फुटबलमा आज राति दुई बलिया टोलीहरू बार्सिलोना र सेभिल्लाको रोमाञ्चक खेल हुँदैछ । खेल नेपाली समयअनुसार १२ः४५ बजेबाट बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा सुरु हुनेछ ।

आज राति आफ्नो घरेलु मैदानमा उत्रिँदा बार्सिलोनाका कप्तान लिओनल मेस्सीका लागि सेभिल्ला खास प्रतिस्पर्धी हुनेछ । किनभने, ला लिगामा सेभिल्लाले कुनै पनि खेलाडीबाट सबैभन्दा बढी गोल खाएको छ भने उनी मेस्सी नै हुन् । तथ्यांकलाई हेर्ने हो भने सेभिल्लालाई ‘मेस्सीपीडित’ टिम भने हुन्छ ।

१६ वर्षदेखि लगातार ला लिगा खेल्दै आएका मेस्सीका लागि सेभिल्ला सबैभन्दा सहज प्रतिस्पर्धी हो । उनले सेभिल्लाविरुद्ध गरेको कूल गोल संख्या र असिस्ट संख्या अन्य कुनै पनि क्लबविरुद्ध गरेको भन्दा धेरै हो ।

आज रातिको खेलमा पनि सेभिल्लाका लागि मेस्सी सबैभन्दा खतरनाक खेलाडी हुनेछन् । घरेलु मैदानमा मेस्सीले सेभिल्लाविरुद्ध आफ्नो विगतकै जस्तो दादागिरी कायम राख्ने अपेक्षा राख्न सकिन्छ ।

यस्तो छ सेभिल्लाविरुद्ध मेस्सीको तथ्यांक :

खेल संख्या – ३९
गोल संख्या – ३७
असिस्ट संख्या – १६
अवधि – १६ सिजन

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ११:२८
Loading...