प्रिमियर लिगमा आज युनाइटेड र टोटनह्यामको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, असोज १७
इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगतामा आज एक रोमाञ्चक खेल हुँदैछ । जहाँ लिगका दुई बलिया टोलीहरू म्यानचेस्टर युनाइटेड र टोटनह्याम लिगको पहिलो लेगको खेलमा आमनेसामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ ।

यसअघि युनाइटेडले आफ्ना दुई खेलमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ । टोटनह्यामले भने ३ खेल खेलिसक्दा एक खेल जितेर एक खेल बराबरी गरेको छ भने एक खेल हारेको छ ।

आज आफ्नो घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोटनह्यामलाई स्वागत गर्दा ओले गुनरको टोली स्पष्ट जितको खोजीमा हुनेछ । लिगमा राम्रो सुरुआत गर्न नसकेका दुवै टोली आज अर्काविरुद्ध उत्रिँदा उस्तै दबाबमा हुनेछन् ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ११:२०
Loading...