आज लेभान्टेसँग भिड्दै रियल मड्रिड : शीर्ष स्थानमा चढ्ने मौका

काठमाडौं, असोज १७
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज साबिक च्याम्पियन रियल मड्रिडले नयाँ सिजनको चौथो खेल खेल्दै छ । रियल यो खेल खेल्नका लागि लेभान्टेको घरेलु मैदानमा उत्रिँदैछ । यो खेल नेपाली समयअनुसार आज राति ७ः४५ बजेबाट सुरु हुनेछ ।

रियलले नयाँ सिजनका सुरुआती ३ खेल खेल्दा २ खेल जितेर १ खेल बराबरी गरेको छ । उसले ७ अंक जोडेको छ । रियलले हालसम्म हार नभोगे पनि मजबुत सुरुआत भने गर्न सकेको छैन । उसले खेलेका ३ वटै खेलमा ठूलै संघर्ष गर्नु परेको थियो ।

रियलले सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग ०–० को बराबरी खेल्दा दोस्रो खेलमा रियल बेटिसलाई २–३ ले हराएको थियो । त्यसपछिको खेलमा आफ्नो घरमा भाल्लाडोलिडलाई १–० ले हराएको थियो ।

रियल आज लेभान्टेको घरेलु मैदानमा उत्रिँदा सहज जितको खोजीमा हुनेछ । लेभान्टेले यसअघि खेलेका ३ खेलमध्ये १ खेल जितेर २ खेल हारेको छ । यदि आजको खेलमा रियलले सहज जित निकाले ऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिने छ ।

प्रकाशित मिति १८ आश्विन २०७७, आईतवार ०३:३७
Loading...