प्रिमियर लिगमा म्यानचेस्टर सिटीको खराब सुरुआत : लिड्ससँग अर्को बराबरी

काठमाडौं, साउन १८
पेप ग्वार्डिओलाको टिम म्यानचेस्टर सिटीले प्रिमियर लिग फुटबलको नयाँ सिजनमा खराब सुरुआत गरेको छ । लिगको तेस्रो खेलमा सिटीले यसै सिजन शीर्ष डिभिजनमा बढुवा भएको लिड्स युनाइटेडसँग १–१ को बराबरीमा रोकिँदा २ अंक गुमाएको छ ।

यससँगै सिटीले खेलेका सुरुआती ३ खेलमध्ये एक खेल मात्रै जितेको छ भने एक खेल बराबरी गरेर एक खेल हारेको छ । उसले सुरुआती ३ खेलबाटै ५ अंक गुमाइसकेको छ ।

शनिबार राति भएको खेलमा सिटीले लिड्सको घरेलु मैदानमा खेलको १७औं मिनेटमा रहिम स्टर्लिङको गोलबाट अग्रता लिएको थियो । सोही अग्रता लिएर सिटी खेलको ५८औं मिनेटसम्म पुग्यो । तर, ५९औं मिनेटमा लिड्सका लागि सब्सिच्युट खेलाडी रोड्रिगोले कर्नर किकबाट आएको बलमा बक्सभित्रबाट सहजै गोल गर्दै खेल १–१ बनाए ।

त्यससपछि बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन । र, खेल १–१ मा टुंगियो । अब यो बराबरीसँगै लिड्स ४ खेलबाट ७ अंक जोडेर पाँचौं स्थानमा छ । सिटी ३ खेलबाट ४ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार १८:१३
Loading...