लिभरपुलका मानेलाई कोरोना संक्रमण

एजेन्सी, असोज १७
इंग्लिस क्लब लिभरपुलका स्टार खेलाडी साडियो मानेलाई कोरोना भाइरस संक्रमण भएको छ । क्लबले औपचारिक रूपमा जानकारी दिँदै सेनेगलका खेलाडीमा कोरोना देखिएको पुष्टि गरेको छ ।

कोरोना जाँचको रिपोर्ट पोजेटिभ आउनेबित्तिकै माने होम आइसोलेसनमा बसेका छन् । उनमा संक्रमणका सामान्य लक्षण देखिएको छ । मानेको स्वास्थ्य अवस्था राम्रो रहेको पनि क्लबले जनाएको छ । ‘भाइरसको सामान्य लक्षण देखिएको छ । तर, समग्रमा उनको स्वास्थ्य अवस्था राम्रो छ । संक्रमण पुष्टि हुनासाथ उनी एकान्तबासमा बस्न थालेका छन्,’ क्लबद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

२८ वर्षका मानेले पछिल्लोपटक गत सोमबार आर्सनलविरुद्ध प्रिमियर लिगमा खेलेका थिए । तर, त्यसपछि काराबाओ कपको अन्तिम १६ मा भएको आर्सनलविरुद्धकै खेल उनले खेलेका थिएनन् । सो खेलमा आर्सनलले लिभरपुललाई आउट गराउँदै अन्तिम १६ मा पुगेको थियो ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०७:२०
Loading...