प्रिमियर लिगमा आज लिड्स र सिटीको रोमाञ्चक भिडन्त : चेल्सी र एभर्टन पनि खेल्दै

काठमाडौं, असोज १७
इंग्लिस प्रिमियर लिग फुटबलमा आज विभिन्न चार खेल हुँदैछन् । जसमा आज चेल्सी, म्यानचेस्टर सिटी र एभर्टनले आ–आफ्नो खेल खेल्नेछन् । आज हुने खेलमध्ये धेरैको नजर लिड्स युनाइटेड र सिटीको खेलमाथि हुनेछ । यसै सिजन शीर्ष लिगमा बढुवा भएर आएको लिड्सले उत्कृष्ट खेल खेलिरहेकाले आज आफ्नो घरेलु मैदानमा उसले पेप ग्वार्डिओलाको टिम सिटीलाई स्वागत गर्दा कडा टक्कर दिने पकका छ ।

यसअघि सिजनको पहिलो खेला लिड्स र लिभरपुल भिड्दा लिड्सले एनफिल्डमा घरेलु टोलीलाई ठूलै चुनौती दिएको थियो । तर, लिभरपुलले खेलको अन्तिम समयमा पेनाल्टी गोल गर्दै लिड्सलाई ४–३ ले हराएको थियो ।

आज आफ्नो घमा उत्रिँदा लिड्सले सिटीलाई पनि सहजै जित्न दिनेछैन । युवा खेलाडीले भरिभराउ लिड्स धारिलो सिटीलाई आफ्नो घरेलु मैदानमा स्तब्ध बनाउने दाउमा छ । सिटीको टोलीमा सर्जियो अगुएरो, ग्याब्रिएल जेससजस्ता खेलाडी नहुँदाको फाइदा आज लिड्सले उठाउन सक्नेछ ।

लिड्सले यो सिजन खेलेका ३ खेलमा २ खेल जितेर १ खेल हारेको छ । ऊ ६ अंकसहित अंक तालिकाको सातौं स्थानमा छ । यता, सिटीले यो सिजन हालसम्म २ खेल मात्रै खेलेको छ । सुरुआती २ खेल खेलेको सिटी एक खेलमा जित र एक खेलमा हार व्यहोरेर ३ अंकसहित १३औं स्थानमा छ ।

सिटीले यो सिजन लिगमा बलियो सुरुआत गर्न सकेको छैन । यसअघिको खेलमा सिटीलाई लेस्टर सिटीले उसकै घरमा २–५ को लज्जास्पद हार चखाएको थियो । यता, लिड्सले भने अघिल्लो खेलमा सेफिल्ड युनाइटेडलाई उसकै घरमा ०–१ ले हराएको थियो ।

आजका खेल नेपाली समयमा :

चेल्सी भर्सेस क्रिस्टल प्यालेस – साँझ ५ः१५ बजे

एभर्टन भर्सेस ब्राइटन – राति ७ः४५ बजे

लिड्स युनाइटेड भर्सेस म्यान सिटी – राति १०ः१५ बजे

न्युक्यासल भर्सेस बर्नली – राति १२ः४५ बजे

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०४:१६
Loading...