ला लिगामा आज एथ्लेटिको र भिल्लारियलको भिडन्त हुँदै

काठमाडौं, असोज १७
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज एकैदिन विभिन्न पाँच खेल हुँदैछन् । आज हुने खेलमध्ये एथ्लेटिको मड्रिड र भिल्लारियलको खेल रोमाञ्चक हुनेछ । सिजनको पहिलो खेल खेल्न एथ्लेटिकोले भिल्लारियललाई आफ्नो घरेलु मैदानमा स्वागत गर्दैछ ।

एथ्लेटिकोले यसअघिको खेलमा हुएस्कासँग उसकै घरमा गोलरहित बराबरी खेलेको थियो भने भिल्लारियलले आफ्नो घरमा अलाभेसलाई ३–१ ले हराएको थियो । हाल अंक तालिकामा भिल्लारियल ७ अंक जोडेर चौथो स्थानमा छ । उसले ४ खेल खेलिसकेको छ । २ खेल मात्रै खेलेको एथ्लेटिको भने ४ अंकसहित १२औं स्थानमा छ ।

आज हुने खेल नेपाली समयमा :

भाल्लाडोलिड भर्सेस एइबार – अपरान्ह ४ः४५ बजे

एथ्लेटिको मड्रिड भर्सेस भिल्लारियल – राति ७ः४५ बजे

इल्चे भर्सेस हुएस्का – राति १०ः१५ बजे

रियल सोसिडाड भर्सेस गेटाफे – राति १०ः१५ बजे

भ्यालेन्सिया भर्सेस रियल बेटिस – राति १२ः४५ बजे

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०४:०९
Loading...