च्याम्पियन्स लिग : युभेन्टस र बार्सिलोनाको खेलको मिति तय

एजेन्सी, असोज १७
नयाँ सिजन २०२०–२१ अन्तर्गत युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूह चरणमा हुने खेलको मिति तय भएको छ । जसअन्तर्गत इटालियन क्लब युभेन्स र स्पेनिस क्लब बार्सिलोनाले आफूहरूको पहिलो खेल अक्टोर २८ (नेपाली समयअनुसार अक्टोबर २९) तारिखमा खेल्ने भएका छन् । क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सी पुनः एकाअर्काविरुद्ध उत्रिने भएकाले यो खेलमाथि धेरैको नजर छ ।

युइएफएले जारी गरेको खेल तालिका र मितिअनुसार यी दुई टोलीले आफ्नो दोस्रो खेलका रूपमा एअर्काविरुद्ध भिड्नेछन् । युभेन्टसले पहिलो खेल डाइनामो किभसँग र बार्सिलोनाले पहिलो खेल फेरेन्सभारोसविरुद्ध खेलेपछि उनीहरू एकअर्काविरुद्ध भिड्नेछन् ।

युभेन्टस र बार्सिलोनाबीचको पहिलो लेगको खेल युभेन्टसको घरेलु मैदान एलिनाज रंगशालामा हुनेछ । त्यसपछि दोस्रो लेगको खेल बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउ रंगशालामा हुनेछ । यो खेल डिसेम्बर ८ (नेपाली समयअनुसार डिसेम्बर ९) तारिखमा हुनेछ । यसपटक च्याम्पियन्स लिगको समूह चरणमा सबैभन्दा रोमाञ्चक र प्रतीक्षाको खेल यी हुनेछ । युभेन्टस र बार्सिलोना समूह ‘जी’मा रहेका छन् ।

प्रकाशित मिति १७ आश्विन २०७७, शनिबार ०२:५२
Loading...