लुकाकुले जिते ‘प्लेयर अफ् द सिजन’को अवार्ड

काठमाडौं, असोज १६
इटालियन क्लब इन्टर मिलानका फरवार्ड रोमेलु लुकाकुले वर्ष २०२० को युरोपा लिगको सिजनको उत्कृष्ट खेलाडीको अवार्ड जितका छन् । युइएफएले आज बेल्जियमका फरवार्डलाई गत सिजनको युरोपा लिगका लागि ‘बेस्ट प्लेयर अफ् द सिजन’ घोषणा गरेको हो ।

लुकाकुले गत सिजन युरोपा लिग विजेता टोली सेभिल्लाका इभर बनेगा र म्यानचेस्टर युनाइटेडका ब्रुनो फर्नान्डेजलाई पछि पार्दै यो अवार्ड जितेका हुन् । लुकाकुको टिम मिलान गत सिजन युरोपा लिगको फाइनलमा सेभिल्लासँग पराजित भएको थियो ।

मिलानलाई युरोपा लिगको फाइनलसम्म लैजानेक्रममा लुकाकुले उत्कृष्ट गर्दै ६ खेलबाट ७ गोल गरेका थिए । लुकाकुले पहिलोपटक यो अवार्ड जितेका हुन् ।

प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार १२:५७
Loading...