सिरी ‘ए’ आजबाट सुरु हुँदै : उद्घाटन खेलमा युभेन्टस र पार्माको भिडन्त

काठमाडौं, भदौ ७
इटालीको घरेलु लिग सिरी ‘ए’ फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । सिजन २०१९–२० को उद्घाटन खेलमा आज गत सिजनको लिग च्याम्पियन युभेन्टस र पार्माको भिडन्त हुँदैछ ।

सिजनको पहिलो–उद्घाटन खेल खेल्न युभेन्टस प्रमुख प्रशिक्षक माउरिसियो सारीबिनै प्रमुख खेलाडी लिएर पार्मा उत्रिसकेको छ । खेल नेपाली समयअनुसार आज राति ठीक ९ः४५ बजेबाट सुरु हुनेछ ।

युभेन्टसका प्रशिक्षक सारी बिरामी परेकाले लिगका सुरुआती दुई खेलमा टोलीमा नहुने युभेन्टसले पक्का गरिसकेको छ । तसर्थ, आज अन्तरिम प्रशिक्षकले युभेन्टसको टोलीलाई सम्हाल्नेछन् ।

क्रिस्टियानो रोनाल्डोको टिम युभेन्टस सिजनको पहिलो खेलमा स्पष्ट जित निकालेर सिजनको थालनी गर्ने योजनामा छ । युभेन्टसको टोलीमा पहिलो रोजाइका सबै २३ खेलाडी छन् । प्लेइङ–११ मा पनि पहिलो रोजाइका खेलाडी नै खेल्नेछन् ।

गत सिजन क्लबका सर्वाधिक गोलकर्ता बनेका पोर्चुगिज फरवार्ड रोनाल्डो सिजनको उद्घाटन खेलबाटै मैदान उत्रिँदैछन् । आज अवे मैदानमा उत्रिँदा ३४ वर्षीय रोनाल्डो टिमलाई जिताउन मात्रै चाहँदैनन्, आफ्नो नाममा गोलको खाता खोल्नसमेत प्रयास गर्नेछन् ।

आजै लिगको दोस्रो खेल राति १३ः३० बजेबाट हुँदैछ । सो खेलमा फियोरेन्टिना र नापोली आमेनसामने हुनेछन् ।

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार ०९:०६
Loading...