अन्ततः नेइमार र गोन्जालेज थप कारबाहीबाट जोगिए

काठमाडौं, असोज १६
फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेइमार र मार्सेइल्लीका डिफन्डर अल्भारो गोन्जालेज अनुशासनको विषयमा थप कारबाही भोग्नबाट बचेका छन् । केही समयअघि लिग वानअन्तगर्त मार्सेल्ली र पिएसजी भिड्दा सो खेल दौरान भएको झडपको विषयमा एलएफपीले अनुसन्धान गरिरहेको थियो । अनुसन्धान पूरा गर्दै संघले नेइमार र गोन्जालेज दुवैलाई थप कारबाही नहुने पुष्टि गरेको छ ।

पिएसजीको घरमा भएको सो खेलमा पिएसजी ०–१ ले हारेको थियो । खेल दौरान दुई टोलीका खेलाडी चर्को झडपमा उत्रिँदा पिएसजीका ३ र मार्सेल्लीका २ जना गरी एकै खेलमा ५ जनाले रातो कार्ड पाएका थिए । नेइमारले पनि रातो कार्ड पाएका थिए । गोल्जालेजलाई हिर्काएको आरोपमा नेइमारलाई रेफ्रीले रातो कार्ड दिएका थिए ।

खेलपछि नेइमारले झडप दौरान गोन्जालेजले आफूलाई नश्लीय गालीगलौज गरेकाले आफूले हिर्काएको बताएपछि उनीहरूमाथि थप अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानक्रममा छानबिन समितिले नेइमारले भनेजसरी झडप दौरान जातीय गालीगलौजगरेको भन्ने कुरा पुष्टि गर्न सबुत नपुगेपछि दुवै खेलाडीमाथि थप कारबाही गर्नुनपर्ने निर्णय गरेको हो ।

सो खेलमा पाएको रातो कार्डका लागि सबै खेलाडीले यसअघि नै प्रतिबन्धको कारबाही भोगिसकेका छन् । नेइमारमाथि २ खेलको प्रतिबन्ध लागेको थियो ।

प्रकाशित मिति १६ आश्विन २०७७, शुक्रबार ०६:४७
Loading...