प्रिमियर लिगमा आज लिभरपुल र आर्सनलको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, भदौ ७
इंग्लिस प्रिमियर लिग फुटबलमा आज केही रोमाञ्चक खेलहरू हुँदैछन् । आज कूल ६ खेल हुँदा एक खेलमा लिगका उपाधि दाबेदार टिमहरू लिभरपुल र आर्सनल पनि आमनेसामने हुँदैछन् । यो खेलका लागि लिभरपुलले आर्सनललाई आफ्नो घर एनफिल्डमा स्वागत गर्दैछ ।

यसअघि लिगका सुरुआती दुई खेलमा शतप्रतिशत जित निकालेका यी दुई टिमको आजको भिडन्त निकै रोमाञ्चक हुने पक्का छ । आजको खेलमा स्पष्ट जित निकाल्ने टोली लिगको शीर्ष स्थानमा रहनेछ ।

हाल समान ६ अंक भएकोमा लिभरपुल गोलअन्तरमा अघि रहेर पहिलो नम्बरमा हुँदा आर्सनल दोस्रोमा छ । साबिक विजेता म्यानचेस्टर सिटी ४ अंकसहित तेस्रोमा छ । हालसम्म लिगमा शतप्रतिशत जित निकाल्ने टिम लिभरपुल र आर्सनल मात्रै हुन् ।

आज हुने खेल नेपाली समयअनुसार :

नर्विच सिटी भर्सेस चेल्सी – साँझ ५ः१५ बजे
ब्राइटन भर्सेस साउथह्यामपटन – राति ७ः४५ बजे
म्यानचेस्टर युनाइटेड भर्सेस क्रिस्टल प्यालेस – राति ७ः४५ बजे
वाटफोर्ड भर्सेस वेस्ट ह्याम – राति ७ः४५ बजे
सेफ युनाइटेड भर्सेस लेस्टर सिटी – राति ७ः४५ बजे
लिभरपुल भर्सेस आर्सनल – राति १०ः१५ बजे

प्रकाशित मिति ७ भाद्र २०७६, शनिबार ०९:०३
Loading...