लिभरपुललाई पेनाल्टीमा हराउँदै आर्सनल क्वार्टरफाइनल प्रवेश

काठमाडौं, असोज १६
प्रमुख उपाधि दाबेदार लिभरपुललाई पेनाल्टी सुटआउटमा हराउँदै आर्सनल इंग्लिस काराबाओ कप फुटबलको अन्तिम आठमा प्रवेश गरेको छ । नेपाली समयअनुसार शुक्रबार बिहान भएको अन्तिम १६ को निर्णायक खेलमा लिभरपुललाई लिग प्रतिस्पर्धी आर्सनलले उसकै घरमा पेनाल्टी सुट आउटमा ४–५ ले हराउँदै अर्को चरण प्रवेश गरेको हो ।

लिभरपुलको घरेलु मैदान एनफिल्ड रंगशालामा भएको खेलमा ९० मिनेटको निर्धारित समयमा दुवै पक्षबाट गोल नभई खेल ०–० मा टुंगिएपछि खेललाई सोझै पेनाल्टी सुटआउटमा लगियो । जहाँ आर्सनलले लिभरपुललाई हराउँदै उपाधितर्फ अघि बढेको हो ।

६–६ जनाले पेनाल्टी हानेकोमा लिभरपुलका २ जना खेलाडीले पेनाल्टी मिस गरेपछि आर्सनलले नतिजा आफ्नो पक्षमा पारेको हो । पेनाल्टीमा लिभरपुलले ४ प्रहारमा गोल हान्यो भने आर्सनलले ५ पेनाल्टीमा गोल गर्न सफल भएको थियो ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार २०:३२
Loading...