सेल्टाविरुद्ध उत्रिने बार्सिलोनाको प्लेइङ–११ घोषणा

काठमाडौं, असोज १६
स्पेनिस ला लिगा फुटबलमा अबको केहीबेरमा बार्सिलोना र सेल्टा भिगो भिड्दैछन् । खेल सेल्टाको घरेलु मैदानमा नेपाली समयअनुसार १ः१५ बजेबाट सुरु हुनेछ । सो खेलका लागि बार्सिलोनाले आफ्नो सुरुआती टोली घोषणा गरेको छ ।

बार्सिलोनाले सेल्टाको घरमा खेलेका पछिल्ला ६ खेलमध्ये कुनै खेल जित्न सकेको छैन । आज ऊ लामो समयदेखिको जितको खडेरी टार्ने दाउमा हुनेछ ।
सेल्टाविरुद्ध बार्सिलोनाको प्लेइङ सेटमा कप्तान लिओनल मेस्सी, एन्टोनी ग्रीजम्यान र युवा स्टार अन्सु फाती हुनेछन् ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १४:५०
Loading...