लेवान्डोस्कीले जिते ‘युइएफए बेस्ट प्लेयर’को अवार्ड

काठमाडौं, असोज १५
जर्मन क्लब बार्यन म्युनिखका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्कीले वर्ष २०२० को युरोपको सर्वश्रेष्ठ खेलाडीको अवार्ड जितेका छन् । युइएफएले आज घोषणा आयोजना गरेको वार्षिक अवार्ड घोषणा तथा नयाँ सिनजको ड्र घोषणा कार्यक्रममा पोल्यान्डका ३२ वर्षीय फरवार्डलाई ‘युइएफए बेस्ट प्लेयर अफ् द इयर’ अवार्ड विजेता घोषणा गरेको हो । लेवान्डोस्कीले आफ्नो करिअरमा पहिलोपटक यो अवार्ड जितेका हुन् ।

लेवान्डोस्कीले गत सिजन बार्यनलाई च्याम्पियन्स लिग र बुन्डेसलिगासहित ट्रिबेल उपाधि जिताउन नायकको भूमिका खेलेका थिए । उनले बार्यनका लागि सिजनभरमा कूल ५५ गोल गरेका थिए, जुन उनका लागि करिअरकै सबसे बेस्ट तथ्यांक थियो ।

यसपटक वर्ष खेलाडीका लागि बार्यनका लेवान्डोसकीसहित बार्यनकै जर्मन गोलकिपर म्यानुएल निउर र इंग्लिस क्लब म्यानचेस्टर सिटीका बेल्जियन प्ले मेकर केभिन डे ब्रुयाने टप–३ मनोनयनमा थिए ।

गत सिजन बार्यनले च्याम्पियन्स लिगको फाइनलमा फ्रेन्च क्लब पिएसजीलाई १–० ले हराएर उपाधि जितेको थियो । लेवान्डोस्कीले च्याम्पियन्स लिगका ११ खेल खेल्दै १५ गोल गरेका थिए । उनी गत सिजन च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता थिए ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १४:४७
Loading...