क्रोएसिया र पोर्चुगलविरुद्ध खेल्ने फ्रान्सको टोली घोषणा

काठमाडौं, असोज १५
फ्रान्सले यसै महिना हुने तीन अन्तर्राष्ट्रिय खेलका लागि आफ्नो टोली घोषणा गरेको छ । आज प्रमुख प्रशिक्षक डेडिएर डेस्च्याम्पसले २४ सदस्यीय टोली घोषणा गरेका हुन् । घोषित टोलीमा अधिकांश प्रमुख खेलाडी समेटिएका छन् ।

नेपाली समयअनुसार फ्रान्सले युक्रेनसँग मैत्रीपूर्ण खेल अक्टोबर ८ तारिखमा खेल्नेछ । त्यसपछि युइएफए नेसन्स लिगमा अक्टोर १२ तारिखमा पोर्चुगलसँग आफ्नो घरमा खेल्नेछ तालिका छ । त्यसपछि अक्टोबर १५ तारिखमा अवे मैदानमा क्रोएसियासँग खेल्नेछ ।

फ्रान्सले सन् २०१८ को रसिया विश्वकपको फाइनलमा क्रोएसियालाई हराउँदै उपाधि जितेको थियो । त्यसअघि सन् २०१६ मा पोर्चुगलले फ्रान्सलाई उसकै घरमा हराएर युरो कपको उपाधि जितेको थियो । यी टोलीहरू पुनः एकअर्काविरुद्ध भिड्न लागेका हुन् ।

यस्तो फ्रान्सको टोली :

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार १४:३१
Loading...