च्याम्पियन्स लिगको ड्र आज हुँदै : ड्र बारे सम्पूर्ण जानकारी

काठमाडौं, असोज १५
युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा आज नयाँ सिजन २०२०–२१ अन्तर्गत समूह चरणको ड्र हुँदैछ । ड्र कार्यक्रम जेनेभामा हुनेछ । युइएफएले दिएको जानकारीअनुसार ड्र कार्यक्रम नेपाली समयअनुसार आज राति ८ः४५ बजेबाट सुरु हुनेछ ।

विगत वर्षहरूमा युइएफएको ड्र तथा अवार्ड घोषणा कार्यक्रम टेलिभिजनमा पनि लाइभ प्रशारण हुँदै आएकोमा यसपटक कोरोना महामारीका कारण ड्र भिडियो कन्फ्रेन्समार्फत् हुने भएकाले टिभीमा लाइभ हुनेछैन । आजको लाइभ युइएफएले आफ्नो अफिसियल वेबसाइटमार्फत् लाइभ गर्नेछ ।

युइएफएले आजै गत सिजनका लागि उत्कृष्ट खेलाडी, उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधागत पुरस्कार पनि घोषणा गर्नेछ । आजै सबैखाले वार्षिक पुरस्कार एकै सभाबाट वितरण गरिनेछ । यसपटक पुरुषतर्फ युरोपको वर्ष खेलाडीका लागि जर्मन क्लब बार्यन म्युनिखका रोवर्ट लेवान्डोस्कीलाई प्रमुख दाबेदार मानिएको छ ।

आजको ड्र कार्यक्रममा विभिन्न क्लबहरूका अधिकारी तथा प्रशिक्षकहरू घोषणा सभामा सहभागी हुनेछैनन् । उनीहरू सबै भिडियो कन्फ्रेन्समा जोडिनेछन् । तर, पुरस्कारका लागि मनोनयनमा परेका खेलाडी तथा प्रशिक्षकहरू भने कार्यक्रममै उपस्थिति हुनेछन् ।

कुन देशबाट कुन–कुन टोली ?

स्पेन – रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिड, सेभिल्ला

इंग्ल्यान्ड – लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सी

इटाली – युभेन्टस, इन्टर मिलान, एटलान्टा, लाजियो

जर्मनी – बार्यन म्युनिख, बोरुसिया डर्टमन्ड, लेइपजिग, मोेन्चङ्लाडवाक

फ्रान्स – पिएसजी, मार्सेइल्ली, रेनर्स

रसिया – जेनिट, लोकोमोटिभ मोस्को, क्रस्नोडार

युक्रेन – शाख्तर डोनेट्स्क, डाइनामो किभ

पोर्चुगल – पोर्टो

बेल्जियम – क्लब ब्रुगी

नेदरल्यान्ड्स – आयाक्स

अस्ट्रिया – साल्जवर्ग रेड बुल

टर्की – इस्तानबुल बासाकसेहिर

डेनमार्क – मिडट्याजल्यान्ड

ग्रीस – ओलम्पियाकोस

हंगेरी – फेरेनकाभोर्स

कुन पटमा को–को छन् ?

Pot 1

Bayern (GER, UEFA Champions League holders)
Sevilla (ESP, UEFA Europa League holders)
Real Madrid (ESP)
Liverpool (ENG)
Juventus (ITA)
Paris (FRA)
Zenit (RUS)
Porto (POR)

Pot 2

Barcelona (ESP)
Atlético de Madrid
Manchester City
Manchester United
Shakhtar Donetsk
Dortmund (GER)
Chelsea (ENG)
Ajax (NED)

Pot 3 or 4

Dynamo Kyiv (UKR)
Salzburg (AUT)*
RB Leipzig (GER)
Internazionale Milano
Olympiacos (GRE)
Lazio (ITA)
Krasnodar
Atalanta
Lokomotiv Moskva
Marseille (FRA)
Club Brugge (BEL)
Borussia Mönchengladbach (GER)
İstanbul Başakşehir (TUR)0
Midtjylland (DEN)
Rennes (FRA)
Ferencváros (HUN)

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०७:०३
Loading...