ला लिगा : आज बार्सिलोना र सेल्टा भिगो भिड्दै

काठमाडौं, असोज १५
स्पेनिस ला लिगा फुटबलमा आज तीन खेल हुँदैछन् । यी खेलमध्ये आज दुई खेल रोमाञ्चक हुनेछ । दुईमध्ये पनि बार्सिलोना र सेल्टा भिगोको खेलमाथि धेरैको नजर हुनेछ । बार्सिलोना आज सिजनको दोस्रो खेल खेल्न सेल्टाको घरेलु मैदानमा उत्रिँदैछ ।

हाल बार्सिलोना पहिलो खेल जितेर ३ अंकसहित १०औं स्थानमा छ । आज बार्सिलोनालाई आफ्नो घरमा भित्र्याउन लागेको सेल्टाले भने चौथो खेल खेल्नेछ । सेल्टाले यसअघिका ३ खेलमध्ये १ खेल जितेर २ खेल बराबरी गरेको छ । ऊ ५ अंकसहित आठौं स्थानमा छ ।

आज बार्सिलोनाविरुद्ध आफ्नो घरमा उत्रिँदा सेल्टाले कडा टक्कर दिनेछ । आफ्नो घरमा सेल्टाले बार्सिलोनालाई पछिल्लो समय लगातार जितविहीन बनाउँदै आएको छ । सेल्टाको घरमा बार्सिलोनाले खेलेका पछिल्ला ६ खेलमा एक खेल पनि जित्न सकेको छैन । बार्सिलोना आज सेल्टाको घरमा लामो समयदेखिको जितको खडेरी टार्ने दाउमा छ ।

आजका खेल नेपाली समयमा :

एथ्लेटिक बिल्बाओ भर्सेस क्याडिज – राति १०ः४५ बजे

सेभिल्ला भर्सेस लेभान्टे – राति १०ः४५ बजे

सेल्टा भिगो भर्सेस बार्सिलोना – राति १ः१५ बजे

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०६:१५
Loading...