हुएस्कासँग एथ्लेटिको मड्रिडको निराशाजन बराबरी

काठमाडौं, असोज १५
नयाँ सिजन २०२०–२१ को पहिलो खेलमा ग्रानाडामाथि ६–१ को फराकिलो जित निकालेको एथ्लेटिको मड्रिड दोस्रो खेलमा निराशाजनक बराबरीमा रोकिएको छ । गत राति भएको लिगको दोस्रो खेलमा उसलाई तुलनात्मक रूपमा कमजोर टोली हुएस्काले आफ्नो घरमा ०–० को निराशाजनक बराबरीमा रोकिदिएको हो ।

लिगको दोस्रो खेल खेल्न हुएस्काको घरमा पुगेको एथ्लेटिकोका लागि कुनै पनि खेलाडीले गोल गर्न सकेनन् । एथ्लेटिकोले खेलभरिमा जम्मा १६ सट हान्दा २ सट मात्रै टार्गेटमा हानेको थियो । आफ्नो घरमा हुएस्काले उत्कृष्ट रक्षात्मक खेल खेल्दा एथलेटिकोका फरवार्ड लाइनको कुनै जादु चलेन ।

अब यो बराबरीसँगै दुवै टोलीले १–१ अंक बाँडेका छन् । एथ्लेटिको २ खेलबाट ४ अंकसहित नवौं स्थानमा छ । हुएस्का ३ अंकसहित १६औं स्थानमा छ ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०१:१७
Loading...