ला लिगा : घरेलु मैदानमा रियल मड्रिडको संघर्षपर्ण जित

काठमाडौं, असोज १५
साबिक च्याम्पियन रियल मड्रिडले घरेलु लिग ला लिगा फुटबलमा कठिन जित निकालेको छ । गत राति भएको लिगको तेस्रो खेलमा रियलले आफ्नो दोस्रो होम म्याचमा पाहुना टोली रियल भाल्लाडोलिड १–० को साँघुरो जित निकाल्दै लिगमा दोस्रो जित दर्ता गर्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक खेलमा रियललाई संघर्षपूर्ण जित दिलाउन खेलको ६५औं मिनेटमा ब्राजिलियन युवा स्टार भिनिसियस जुनिरले गरेको १ मात्रै गोल निर्णायक बन्यो । उनकै गोलको मदतमा रियलले महत्त्वपूर्ण ३ अंक जोड्न सफल भयो ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ००:३८
Loading...