इन्टर मिलानद्वारा गोलको वर्षा गर्दै लगातार दोस्रो जित

काठमाडौं, असोज १४
इटालियन क्लब इन्टर मिलानले घरेलु सिरी ए लिग फुटबलमा लगातार दोस्रो जित दर्ता गरेको छ । आज राति भएको लिगको दोस्रो खेलमा मिलानले बेनेभन्टोलाई उसैको घरेलु मैदानमा २–५ गोल अन्तरको हार चखायो ।

मिलानका लागि खेल सुरु भएको पहिलो मिनेटमै रोमेलु लुकाकुले गोल गरेका थिए । त्यसपछि २५औं मिनेटमा रोवेर्टो गागीलार्डिनीले गोल गरेर खेल ०–२ बनाउँदा २८औं मिनेटमा लुकाकुले नै व्यक्तिगत दोस्रो गोल गरे । त्यसपछि ३४औं मिनेटमा घरेलु टोली बेनेभेन्टोका लागि गाइनालुका काप्रारीले गोल गरे । लगत्तै ४२औं मिनेटमा मिलानका लागि नयाँ खेलाडी अचरफ हाकिमीले गोल गरे । उनी स्पेनिस रियल मड्रिडबाट यसै समर विन्डोमा मिलानमा अनुबन्ध भएका थिए ।

त्यसपछि दोस्रो हाफमा दुवै पक्षबाट १–१ गोल २ गोल भए । खेलको ७१औं मिनेटमा सब्सिच्युट खेलाडी लौटारो मार्टिनेजले गोल गोल गरेर मिलानलाई १–५ ले अघि बढाएका थिए । तर, खेलको ७६औं मिनेटमा बेनेभेन्टोका लागि काप्रारीले व्यक्तिगत दोस्रो गोल गरेपछि मिलानको जित २–५ मा खुम्चियो ।

अब यो जितपछि मिलानले लिगका सुरुआती २ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा छ । ६ नै अंक भएको नापोली शीर्ष स्थानमा छ । पराजित बेनेभेन्टो एक जितसहित १२औं स्थानमा छ ।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार १६:३१
Loading...