बार्सिलोनाद्वारा आयाक्सका डेस्ट अनुबन्धको घोषणा

एजेन्सी, असोज १५
स्पेनिस फुटबल क्लब बार्सिलोनाले नयाँ खेलाडी सेर्जिनो डेस्ट अनुबन्ध गरेको घोषणा गरेको छ । आज क्लबले अफिसियल रूपमा अमेरिकन १९ वर्षीय डिफेन्डरलाई डच क्लब आयाक्सबाट अनुबन्ध गरेको घोषणा गरेको हो । बार्सिलोनाले अफिसियल रूपमा यसको पुष्टि गरेको छ ।

१९ वर्षका राइट ब्याक डेस्टका लागि बार्सिलोनाले २१ मिलियन युरो सरुवा फी तिरेको छ । त्यसमा थप ५ मिलियन युरो विभिन्न शीर्षकमा बोनस सम्झौता छ । बार्सिलोनामा उनको प्रदर्शन, खेल संख्या र उपाधि सफलताका आधारमा आयाक्सले बार्सिलोनाबाट बोनस पाउनेछ ।

रक्षापंक्तिका युवा खेलाडी डेस्टले गत सिजन २०१९–२० मा आयाक्सको सिनियर टोलीमा एक सिजन पूरा खेलिसकेका छन् । पहिलो सिजन उनले कूल ३५ खेल खेल्दै २ गोल गरेर ६ गोलमा असिस्ट गरेका थिए । नयाँ सिजन सुरु भइकन उनले आयाक्सका लागि ३ खेल खेलिसकेका थिए ।

प्रतिभावान् युवा खेलाडी डेस्ट रक्षापंक्तिमा राइट ब्याक र लेफ्ट ब्याक दुवै पोजिसनबाट उत्तिकै खेल्न सक्ने क्षमता छ । उनको अनुपस्थितिसँगै बार्सिलोनाको रक्षापंक्तिमा युवा खेलाडीको नयाँ अनुहार देखिनेछ । उनले बार्सिलोनामा २ नम्बर जर्सी पाएका छन् ।  बार्सिलोनाले यसअघि युवा डिफेन्डर नेल्सन सेमेडोलाई इंग्लिस क्लब उल्भ्समा बेचिसकेको छ ।

प्रकाशित मिति १५ आश्विन २०७७, बिहीबार ०५:३८
Loading...