ला लिगामा आज एथ्लेटिको मड्रिड र रियल मड्रिडको खेल हुँदै

काठमाडौं, असोज १४
स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा आज विभिन्न चार खेल हुँदैछन् । आज उपाधि दाबेदार टिमहरू एथ्लेटिको मड्रिड र रियल मड्रिडले पनि आ–आफ्नो खेल खेल्दैछन् । आज रियलले आफ्नो तेस्रो खेल खेल्नेछ भने एथ्लेटिकोले दोस्रो खेल खेल्नेछ ।

रियलले यसअघि खेलेका २ खेलमध्ये १ खेलमा जित र १ खेलमा बराबरी गरेर ४ अंकसहित सातौं स्थानमा छ । एथ्लेटिको १ खेल खेलेर जितसहित ३ अंकसहित नवौं स्थानमा छ । यसअघि एथ्लेटिकोले लिगको पहिलो खेलमा ग्रानाडामाथि ६–१ को फराकिलो जित निकोको थियो ।

आज रियल मड्रिडले तेस्रो खेल खेल्दा यसअघि चोटग्रस्त रहेका उसका २ जना प्रमुख खेलाडी इडेन हाजार्ड र मार्को एसेन्सियो टोलीमा फर्किएा छन् । आज दुवैले कमब्याक गर्ने सम्भावना छ । यता, एथ्लेटिको हुएस्काको घरमा पाहुना टोली बनेर जानेछ ।

आजका खेल नेपाली समयमा :

हुएस्का भर्सेस एथ्लेटिको मड्रिड – राति १०ः४५ बजे

भिल्लारियल भर्सेस अलाभेस – राति १०ः४५ बजे

इएबार भर्सेस इल्चे – राति १ः१५ बजे

रियल मड्रिड भर्सेस भाल्लाडोलिड – राति १ः१५ बजे

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार ०६:०७
Loading...