चेल्सीलाई पेनाल्टीमा हराउँदै टोटनह्याम अर्को चरणमा प्रवेश

काठमाडौं, असोज १४
इंग्लिस क्लब टोटनह्याम बलियो प्रतिस्पर्धी चेल्सीलाई हराउँदै काराबाओ कप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ । गत राति भएको अन्तिम १६ को खेलमा टोटनह्यामले चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले स्तब्ध बनाउँदै अर्को चरण पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा १–१ को बराबरी भएपछि खेललाई सोझै पेनाल्टीमा लगिएको थियो । पेनाल्टीमा जानुअघि चेल्सीले टोटनह्यामको घरेल मैदानमा नयाँ खेलाडी टिमो वार्नरको गोलबाट अग्रता लिएको थियो । उनले लन्डन क्लबका लागि पहिलो अफिसियल गोल गरेका हुन् ।

वार्नरकै गोलको मदतमा चेल्सी जितनजिक पुगेका बेला खेलको ८३औं मिनेटमा टोटनह्यामका लागि इरिक लामेलाले गोल गर्दै खेल १–१ बनाए । र, खेल पेनाल्टीमा पुग्यो ।

पेनाल्टी सुटआउटमा टोटनह्यामका तर्फबाट इरिक डाइर, इरिक लामेला, इमाइल होजवर्ग, लुकास मोउरा र ह्यारी केनले गोल गरे भने चेल्सीका लागि टमी अब्राहम, केसार, जर्जिन्हो, इमर्सन पालमिएरी गोल गरेकोमा पाँचौं पेनाल्टीमा युवा स्तार मासोन मोउन्ट चुके । मोउन्टले पेनाल्टी मिस गरेपछि टोटनह्यामका लागि ह्यारी केनले पाँचौं र निर्णायक पेनाल्टी हान्दै टिमलाई जित दिलाएका थिए ।

प्रकाशित मिति १४ आश्विन २०७७, बुधबार ०१:५४
Loading...