आज टोटनह्याम र चेल्सीको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, असोज १३
इंग्लिस प्रिमियर लिगका दुई बलिया टोली टोटनह्याम र चेल्सी आज काराबाओ कप फुटबलमा भिड्दैछन् । अन्तिम १६ मा दुई हेभिवे टोली आमनेसामने हुँदा यो खेल रोमाञ्चक हुने पक्का छ । खेल टोटनह्यामको घरेलु मैदानमा नेपाली समयअनुसार राति ठीक १२ः३० बजेबाट सुरु हुनेछ ।

यसअघिको चरणमा चेल्सीले बार्नेस्लीलाई ६–० को फराकिलो अन्तरले हराएर अन्तिम १६ मा प्रवेश गर्दा टोटनह्यामले भने बाई पाएर सोझै अन्तिम १६ मा स्थान पाएको हो । टोटनह्याले खेल्ने खेल प्राविधि कारणले रद्द भएपछि उसलाई आयोजकलेसोझै बाईमार्फत् अन्तिम १६ मा स्थान दिएको थियो ।

भर्खरै सुरु भएको सिजनमा प्रिमियर लिगमा टोटनह्यामले सुरुआतका ३ खेल खेलिसक्दा १ खेल जितेर १ खेल बराबरी गरेको छ भने १ खेल हारेको छ । उसले ३ खेलबाट मात्रै ४ अंक जोडेको छ । चेल्सीले सुरुआतका ३ खेलबाट समान १ खेलमा जित, १ खेलमा बराबरी र १ खेलमा हार व्यहोरेको छ ।

लिगका दुई बलिया टोली निर्णायक चरणमा खेल्ने भएकाले आजको खेल प्रतिस्पर्धात्मक हुनेछ । प्रशिक्षकद्वय जोसे मोउरिन्हो र फ्रान्क लाम्पार्ड दुवैले आज राति मजबुत टोली उतार्ने सम्भावना छ ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार १२:०१
Loading...