प्रिमियर लिगका १० जना खेलाडीमा कोरोना संक्रमण

एजेन्सी, असोज १३
इंग्लिस प्रिमियर लिगका १० जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चरण भएको कोरोना जाँचमा एकसाथ ठूलो संख्यामा खेलाडीलाई संक्रमण देखिएको हो । पछिल्लोपटक कोरोना महामारी छिचोल्दै फुटबल सुरु भएयता एकैपटक ठूलो संख्यामा खेलाडी कोरोनाबाट संक्रमित भएका हुन् ।

पछिल्लो चरण गरिएको जाँचामा १ जार ५ सय ९५ जना खेलाडी तथा कर्मचारी सामेल थिए । सेप्टेम्बर २१ देखि २७ बीचको अवधिमा गरिएको परीक्षणमा १० जना संक्रमित फेला परेका हुन् । संक्रमित खेलाडी कुन–कुन क्लबका हुन् भनेर लिगले खुलाएको छैन । संक्रमित सबै खेलाडीलाई होम आइसोलेसनमा राखिएको छ ।

प्रिमियर लिगमा क्लबले हरेक साता आफ्ना खेलाडीको कोरोना जाँच गर्दै आएका छन् । क्लबले खेलाडी, प्रशिक्षकदेखि सबै स्टाफको कोरोना जाँच गर्ने गर्छ । पछिल्लोपटकको जाँचबाट एकैपटक १० जनामा संक्रमण पुष्टि भएपछि लिगले सबै क्लब तथा खेलाडीलाई थप सावधानी अपनाउन अपिल गरेको छ ।

प्रकाशित मिति १३ आश्विन २०७७, मंगलवार ०२:३८
Loading...