रियल मड्रिडका क्रुस घाइते : अन्तर्राष्ट्रिय खेल पनि गुमाउने

एजेन्सी, असोज १२
स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर टोनी क्रुस घाइते भएका छन् । क्लब रियलले जर्मन प्ले मेकरले चोट बोकेको एक प्रेस नोट निकालेर पुष्टि गरेको छ । शनिबार राति रियलले सिजनको दोस्रो खेल रियल बेटिसविरुद्ध खेल्नेक्रममा क्रुसले चोट बोकेका हुन् ।

शनिबार राति रियलले बेटिसमाथि उसकै घरेलु मैदानमा २–३ को कठिन जित निकालेको थियो । सो खेलमा क्रुसले पहिलो हाफमै चोट बोकेर मैदान छाडेका थिए । उनको स्थानमा लुका मोड्रिक मैदान छिरेका थिए ।

खेलपछि रियलले क्रुसको स्वास्थ्य जाँच गरेपछि उनको चोटको अवस्था थाहा भएको । रियलले क्रुस १० दिनदेखि दुई सातासम्म मैदानबाहिर रहने जनाएको छ । यससँगै क्रुसले अब अन्तर्राष्ट्रिय ड्युटीअन्तर्गत एक मैत्रीपूर्णसहित नेसन्स लिगमा अर्को महिनामा हुने खेल पनि गुमाउनेछन् ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार १३:३२
Loading...