प्रिमियर लिग : आज लिभरपुल र आर्सनलको रोमाञ्चक भिडन्त हुँदै

काठमाडौं, असोज १२
इंग्लिस प्रिमियर लिग फुटबलमा आज एक रोमाञ्चक खेल हुँदैछ । जहाँ सिजनको दोस्रो खेलमा साबिक च्याम्पियन लिभरपुल र आर्सनल आमनेसामने हुँदैछन् । सिजनको तेस्रो खेलमा लिगका दुई बलिया टोली खेल्ने हुँदा यो खेल धेरैका लागि प्रतीक्षाको खेल बनेको छ ।

यसअघि लिगका सुरुआती दुई खेलमा लिभरपुल र आर्सनल दुवैले स्पष्ट जित निकालेर शतप्रतिशत अंक जोडेका छन् । हाल लिभरपुल ६ अंकसहित चौथो स्थानमा छ भने आर्सनल पनि समान अंकसहित तेस्रो स्थानमा रहेको छ ।

आज लिभरपुल लिगको तेस्रो साताको खेल खेल्न यो सिजन उत्कृष्ट लयमा देखिएको आर्सनललाई घरमा स्वागत गर्दैछ । लिभरपुलको घर एनफिल्ड रंगशालामा उत्रिँदा लिभरपुल तेस्रो जितको खोजीमा हुनेछ । यसअघि लिभरपुलले चेल्सीलाई उसकै घरमा ०–२ ले हराएको थियो भने पहिलो खेलमा आफ्नो घरमा लिड्स युनाइटेडलाई ४–३ ले हरायो ।

यता, आर्सनलले सिजनको पहिलो खेलमा फुलहामलाई उसकै घरमा ०–३ ले हराएको थियो । त्यसपछि दोस्रो खेलमा आर्सनलले आफ्नो घरमा वेस्ट ह्यामलाई २–१ ले हराएको थियो ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०७:१८
Loading...