युरोपियन लिगमा ४५० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी

काठमाडौं, असोज १२
इटालियन क्लब युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले युरोपियन लिगमा नयाँ रेकर्ड बनाएका छन् । ३५ वर्षका उनी अब युरोपियन टप–५ लिगमा ४५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । सिरी ए लिग फुटबलमा गत राति युभेन्टसले सिजनको दोस्रो खेल खेल्नेक्रममा २ गोल गरेपछि रोनाल्डोले सो कोसेढुंगा पूरा गरेका हुन् ।

गत राति युभेन्टसले रोमाको घरेलु मैदानमा २–२ को बराबरी खेल्दा रोनाल्डो एक्लैले २ गोल गरेका थिए । युभेन्टस रोमाको घरमा दुई–दुईपटक पछि परेको अवस्थामा टिमलाई हारबाट बचाउन रोनाल्डोले नै २ गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत् गरेका थिए भने दोस्रो गोल हेडिङमार्फत् शानदार गरेका थिए ।

युुरोपियन टप–५ लिगमा ४५० गोल पूरा गरेका रोनाल्डोले पूर्वक्लब म्यानचेस्टर युनाइटेडका लागि १९६ खेलबाट ८४ गोल गरेका छन् । त्यसपछि स्पेनिस रियल मड्रिडका लागि २९२ खेलबाट ३११ गोल गरेका छन् । हालको क्लब युभेन्टसका लागि उनले ६६ खेलबाट ५५ गोल गरेका छन् ।

यससँगै रोनाल्डो अब युरोपियन लिगमा ४५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । यसअघि कुनै पनि खेलाडीले ४५० गोलको कोसेढुंवा पूरा गरेका थिएनन् ।

प्रकाशित मिति १२ आश्विन २०७७, सोमबार ०२:२८
Loading...