सिजनको पहिलो खेलमा बार्सिलोनाको शानदार जित : फातीको २ गोल

काठमाडौं, असोज १२
स्पेनिस क्लब बार्सिलोनाले नयाँ सिजन २०२०–२१ अन्तर्गत घरेलु लिग ला लिगामा शानदार सुरुआत गरेको छ । सिजनको पहिलो खेलमा उसले भिल्लारियलमाथि ४–० को एकपक्षीय जित निकाल्दै सुखद् सुरुआत गरेको हो । सोमबार बिहान आफ्नो घरेलु मैदान क्याम्प नोउ रंगशालामा भएको खेलमा बार्सिलोनालाई जिताउन युवा स्टार अन्सु फातीले २ गोल गरे ।

त्यसैगरी, कप्तान लिआनेल मेस्सीले पहिलो पहिलो खेलबाटै पेनाल्टी गोलमार्फत् गोलको खाता खोल्न सफल भए भने बार्सिलोनाले १ गोल उपहारमा पाएको थियो । खेलमा भएका ४ वटै गोल पहिलो हाफमा भएका थिए ।

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार २०:२०
Loading...