फाती चम्किँदा पहिलो हाफमा बार्सिलोनालाई ४–० को अग्रता

काठमाडौं, असोज १२
स्पेनिस ला लिगा फुटबलमा अहिले बार्सिलोना र भिल्लारियलको खेल जारी छ । बार्सिलोनाको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा बार्सिलोनाले ४–० को सहज अग्रता लिएको छ । बार्सिलोनाका लगि युवा स्टार अन्सु फातीले २ गोल गरे भने कप्तान लिओनल मेस्सीले पेनाल्टीमार्फत् १ गोल गरे ।

फातीले पहिलो हाफको १५औं मिनेटमा पहिलो गोल जोर्डी अल्बाको पासमा कडा प्रहारमा गरेका थिए । त्यसको ४ मिनेटमै फातीले नै फिलिपे कोउटिन्होको पासमा दास्रो गोेल गरे । त्यसपछि खेलको ३४औं मिनेटमा फातीले नै पेनाल्टी जिते । बक्समा भिल्लारियलका खेलाडीले फातीमाथि फल गरेपछि पाएको पेनाल्टीमा कप्तान मेस्सीले गोल गर्दै टिमलाई ३–० को अग्रता दिलाए । त्यसपछि ४५औं मिनेटमा भिल्लारियलले आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ४–० को सहज अग्रता बनायो ।

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १९:२८
Loading...