पहिलो हाफमा युभेन्टसविरुद्ध रोमा २–१ ले अघि

काठमाडौं, असोज १२
इटालियन सिरी ए लिग फुटबलमा अहिले साबिक च्याम्पियन युभेन्टस र रोमाको खेल जारी छ । रोमाको घरेलु मैदानमा जारी खेलको पहिलो हाफमा घरेलु टोली रोमाले २–१ को अग्रता बनाएको छ । रोमाले खेलको ३१औं मिनेटमा पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो । पेनाल्टी जोर्डन भेरेटोउटले गरेका थिए ।

त्यसपछि पहिलो हाफको ४४औं मिनेटमा युभेन्टसले पनि पेनाल्टी पायो, जसमा क्रिस्टियानो रोनाल्डोले कुनै गल्ती नगरी गोल गरेर खेल १–१ को बराबरी बनाए । तर, इन्जुरी समयमा रोमाका लागि जोर्डनले नै व्यक्तिगत दोस्रो गोल गरेर टिमलाई २–१ को अग्रता दिलाए ।

प्रकाशित मिति ११ आश्विन २०७७, आईतवार १९:२७
Loading...