यी हुन् यसपटक च्याम्पियन्स लिगका प्रमुख दाबेदार टिमहरू

एजेन्सी, भदौ ७
सिजन २०१९–२० को युरोपियन च्याम्पियन्स लिगको समूह चरणको ड्र आउन एक साता बाँकी छ । तर, यसपटक कसले उपाधि जित्ला भन्नेमा अहिलेबाटै अड्कलबाजी सुरु भइसकेको छ ।

हालै गरिएको एक अनलाइन सर्वेक्षणअनुसार यसपटक पनि इंग्लिस क्लबले च्याम्पियन्स लिग जित्ने प्रबल सम्भावना छ । फुटबल समर्थकहरूलाई सहभागी गराएर गरिएको एक अनलाइन सर्वेक्षणले यसपटक म्यानचेस्टर सिटीलाई प्रमुख उपाधि दाबेदार मानिएको छ ।

‘गोल’ले गरेको सो सर्वेक्षणमा फुटबल समर्थकहरूले सिटीपछि दोस्रो नम्बरमा साबिक विजेता लिभरपुललाई राखेका छन् भने तेस्रो स्थानमा इटालियन क्लब युभेन्टसलाई राखेका छन् ।

त्यसैगरी, चौथो नम्बरमा स्पेनिस रियल मड्रिड छ भने पाँचौंमा स्पेनकै बार्सिलोना रहँदा छैटौंमा जर्मन क्लब बार्यन म्युनिख रहेको छ । सातौंमा स्पेनकै एथ्लेटिको मड्रिड रहेको छ ।

गत सिजन लिभरपुलले उपाधि जित्दा टोटनह्याम उपविजेता बनेको थियो भने बार्सिलोना सेमिफाइनल र युभेन्टस अन्तिम आठबाट आउट भएको थियो ।

प्रकाशित मिति ६ भाद्र २०७६, शुक्रबार १५:३८
Loading...