नयाँ सिजनको च्याम्यिन्स लिगमा ५ जना सब्सिच्युट गर्न पाइने

एजेन्सी, असोज ८
नयाँ सिजन २०२०–२१ अन्तर्गत युरोपियन च्याम्पियन्स लिग र युरोपा लिग फुटबलमा क्लबहरूले एकै खेलमा ५ जनासमम खेलाडी परिवर्तन गर्न पाउने भएका छन् । युइएफएको हालै बसेको बैठकले कोरोना भाइरस महामारीको असरबीच टिमहरूलाई ५ जना खेलाडी परिवर्तन गर्न पाउने छुट दिएको हो ।

साथै, युइएफएले यस सिजनभर हुने युरोपियन अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि देशले ५ जना खेलाडी परिवर्तन गर्न पाउनेछन् । ५ जना खेलाडी परिवर्तन गर्न पाउने सुविधाबाट खेलाडीमा चोटको जोखिम कम हुने अपेक्षा लिएको छ ।

इंग्लिस प्रिमियर लिगले भने यसअघि नै सधैंझैं ३ जना मात्रै खेलाडी परिवर्तन गर्ने निर्णय गरिसकेको छ । तर, केही लिगले भने नयाँ सिजनमा भने ५ जनै खेलाडी परिवर्तन गर्न पाउने सुविधा दिइएको छ । युइएफएले पनि युरोपमा टप–५ लिगहरूले बाँकी सिजनभर अघिल्लो सिजनकै जस्तो ५ जना खेलाडी परिवर्तन गर्न पाउने बताएको छ ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार १५:२३
Loading...