के तपाईं सुन्तला खाँदा बोक्रा फ्ँयाक्नुहुन्छ ? एकपटक यो पढौं

हिउँदेयाममा पाइने फलफूलमध्ये सुन्तला सबैभन्दा बढी खाइने र पाइने फलफूलमा पर्छ । सिजनको फलफूल सुन्तलामा प्रशस्तै भिटामिन ‘सी’ पाइन्छ । यसमा अन्य पोषण तत्त्वहरू हुन्छ । सामान्यतः हामी सुन्तला खाँदा यसको बोक्रा फ्याँक्छौं ।

तर, सुन्तलाको बोक्रा पनि स्वास्थ्यका औधि उपयोगी कुरा हो भन्ने धेरैलाई थाहा नहुन सक्छ । यहाँ यसबारे चर्चा गरिएको छ ।

१. कपाललाई सुन्दर, सिल्की बनाउन सुन्तलाको बोक्रा राम्रो मानिन्छ । बोक्रालाई पिसेर लेदो बनाएर कपालमा लगाएर केहीबेर सुक्न दिनुपर्छ । अनि मज्जाले कपाल धुनुपर्छ । यसो गर्दा कपाल चम्किलो र मुलायम हुन्छ ।

२. सुन्तलाको बोक्रालाई पिसेर मसिनो बनाउनुपर्छ । अनि त्यसको लेदोमा गुलाब जल मिसाएर अनुहारमा लगाउँदा दाग–धब्बा हराउँछन् भने अनुहारको चमक बढ्छ ।

३. त्यसैगरी, सुन्तलाको बोक्रा घाममा सुकाएर पिसेर धूलो बनाउनुपर्छ । अनि त्यो धूलोमा दही मिसाएर छालामा लगाउँदा शरीरको छाला नरम हुनुका साथै चम्किलो पनि बन्छ ।

४. उच्च रक्तचाप र कोलेस्टेरोलको समस्याबाट पीडित बनेका मानिसका लागि यो उपयोगी हुन्छ । उनीहरूले सुन्तलाको बोक्रा खाँदा निकै फाइदा पुग्छ ।

५. सुन्तलाको बोक्रा खाँदा क्यान्सर तथा हड्डीको समस्या भएका मानिसलाई राहत मिल्छ । यसले हड्डीलाई मजबुत बनाउँछ भने क्यान्सरप्रतिरोधी क्षमता बढाउँछ ।

६. खाना अपच हुने, अमिलो डकार आउने, उल्टी हुनेजस्ता समस्या हुनेदेखि पेटमा जुका परेकाले पनि सुन्तलाको बोक्रा खाँदा फाइदा पुग्छ ।

७. निद्रा नपर्ने मानिसले सुन्तलाको बोक्रा खाँदा फाइदा पुग्छ । यसले मानिसलाई निद्रामा जान सघाउँछ ।

प्रकाशित मिति ८ आश्विन २०७७, बिहीबार ०७:४५
Loading...