ला लिगामा आज दुई खेल हुँदै : को–को भिड्दैछन् ?

काठमाडौं, भदौ ७
स्पेनिस ला लिगा फुटबलमा आज दुई खेल हुँदैछन् । लिगको दोस्रो साताका खेलअन्तर्गत आज राति दुई खेल हुन लागेका हुन् ।

आज हुने पहिलो खेलमा राति ११ः४५ बजेबट ग्रानाडा र सेभिल्ला खेल्दैछन् । यो खेल ग्रानाडाको घरमा हुँदैछ । हाल ग्रनाडा नवौं स्थानमा छ भने सेभिल्ला दोस्रो स्थानमा छ ।

आज हुने दोस्रो खेलमा लेभान्टे र भिल्लारियल खेल्दैछन् । यो खेल लेभान्टेको घरमा नेपाली समयअनुसार राति १ः४५ बजेबाट सुरु हुनेछ । हाल लेभान्टे १८औं स्थानमा छ भने भिल्लारियल १०औं स्थानमा रहेको छ ।

प्रकाशित मिति ६ भाद्र २०७६, शुक्रबार ०९:४४
Loading...