नयाँ सिजनको पहिलो खेलमा रियल मड्रिडको निराशाजनक बराबरी

काठमाडौं, असोज ५
नयाँ सिजन २०२०–२१ अन्तर्गत घरेलु लिग ला लिगाको पहिलो खेलमा साबिक च्याम्पियन रियल मड्रिड निराशाजनक बराबरीमा रोकिएको छ । नेपाली समयअनुसार आइतबार बिहान भएको सिजनको पहिलो खेलमा मड्रिडलाई रियल सोसिडाडले आफ्नो घरेलु मैदानमा गोलरहित ०–० मा रोकिदिएको हो ।

अवे मैदानमा रियलले खेलमा पकड जमाएर खेले पनि गोल गर्न नसक्दा पहिलो खेलबाटै अंक बाँड्न बाध्य भयो । रियलले सोसिडाडको पोस्टमा कूल १६ पटक आक्रमण बनाउँदा ४ पटक सही दिशामा होनको थियो । रियलका फरवार्ड करिम बेन्जेमाले दुईपटक गोलका अवसर खेर फालेका थिए ।

यता, घरेलु टोली सोसिडाडले खेलभरि जम्मा ६ पटक मात्रै आक्रमण बुन्दा मात्रै एक प्रहार सही दिशामा हानेको थियो । अब यो बराबरीपछि दुवै टोलीले १–१ अंक बाँडेका छन् । रियल मड्रिड अंक तालिकाको १०औं स्थानमा छ भने सोसिडाड नवौं स्थानमा छ ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार २०:४२
Loading...