नयाँ सिजनको पहिलो खेलमा युभेन्टसको शानदार जित

काठमाडौं, असोज ५
इटालियन क्लब युभेन्टसले नयाँ सिजन २०२०–२१ सुखद् सुरुआत गरेको छ । घरेलु सिरी ए लिगअन्तर्गत नयाँ सिजनको पहिलो खेलमा उसले ३–० को सहज जित निकाल्न सफल भएको छ । नेपाली समयअनुसार आइतबार बिहान घरेलु मैदानमा भएको खेलमा युभेन्टसले पाहुना टोली साम्पडोरियालाई ३–० ले हरायो । आफ्नो घरमा युभेन्टसलाई जिताउन नयाँ खेलाडी डेजान कुलुसेभ्सकी, उपकप्तान लियान्द्रो बोनुची र क्रिस्टियानो रोनाल्डोले १–१ गोल गरे ।

प्रकाशित मिति ४ आश्विन २०७७, आईतवार २०:१५
Loading...